
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ ।
कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल मड्रिडका पूर्व अध्यक्ष ७६ वर्षका सान्जको शनिबार निधन भएको हो ।
उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए । सो अवधिमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।
सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन् ।
सान्जका छोरा फेर्नान्डोले ९४६० सन् १९९६ देखि १९९९ सम्म रियल मड्रिडबाट खेलेका थिए । त्यसपछि उनी सात वर्ष मालागाबाट खेले ।
कमेन्ट गर्नुहोस्