
प्रसहवा। तिलोत्तमा नगरपालिका वडा नं-१६ गाउँब्लकमा रहेका भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं-१६ वडा कार्यालयको हल प्रसहवामा आज एक कार्यक्रम बीच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय ५५ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लाल पुर्जा बाँड्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नुभयो ।नगरपालिका वडा नंम्बर-१६ को गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरण गर्दै खाणले यो आर्थिक वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।भूमिहिन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत रफ्तारमा काम सुरु भएको भन्दै यहि आर्थिकबर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिविहीनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताउनु भयो ।
यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताउनु भयो ।सो अवसरमा आफ्नो धारणा राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जग्गा बिहिन हरुका लागि सरकारले जारि गरेको नीति नियम र कानुन अनुसार आवश्यक प्रक्रिया अपनाएर जग्गा धनी पुर्जा बितरण गरिएको र नगरपालिका बात पनि सो काम रफ्तारमा अघि बढाइएको बताउनुभयो । जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुर्जा वितरण गरिएको वडा नं १६ का वडा अध्यक्ष झविलाल भुसालले बताउनु भयो।
धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष भुसालले बताउनुभयो ।नापी कार्यालय भैरहवाका कार्यालय प्रमुख मनिप्रसाद रेग्मीले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा यहि आर्थिक बर्ष भित्र रुपन्देहीमा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लाल पुर्जा दिन आफु सक्रिय भएर लागिरहेको बताउनुभयो। लालपुर्जा बितरण कार्यक्रममा वडा नम्बर १६ का जनप्रतिनिधि, नापी कार्यालयका प्रतिनिधी स्थानियबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्