
मणिग्राम । रूपन्देहीको मणिग्राम स्थित फोरस्टार बहुमुखी सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सो अवसरमा प्रमुख अतिथि, पुर्व अध्यक्ष तथा तिलोत्तमा उद्योग बाणिज्य संघका महासचिव समेत रहनुभएका सल्लाहकार राजकुमार पाण्डेयले फोरस्टार बहुमुखी सहकारी संस्था जिल्लाकै राम्रो सम्भावनायुक्त सहकारी भएको उल्लेख गर्नुभयो । सहकारीका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सल्लाहकार कुल प्रसाद लामीछाने र स्थानेश्वर बस्यालले शेयर सदस्यको जिबनस्तर उकास्ने गरि योजना बनाएर सबैको कल्याणमा काम गर्ने संस्थाको रुपमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष शरद भट्टराईले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी योजनाका लागि प्रस्ताव समेत पेश गर्नुभएको थियो भने अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिबेदन सर्वसम्मतिले पारित गरेको छ ।साधारण सभामा उपस्थित सबैलाई बिशेष धन्यबाद ज्ञापन गर्दै अध्यक्ष भट्टराईले सस्न्थाको प्रगतिका लागि आफुहरु खटेर लागिपरेको र सबैको सहयोगले शेयर सदस्य संख्या बढाई अन्य सहकारी संगको मर्जर नीति अबलम्बन गरिने समेत बताउनुभएको थियो .
साधारण सभाका अवसरमा नगर सम्मान पत्र र दोसल्ला सहित उत्कृस्ट बिद्यार्थी सम्मान तथा संस्थाका जेष्ठ सदस्यहरुलाई पनि दोसल्ला, सम्मानपत्र र करुवा सहित हर्लिक्स दिएर सम्मानित गरिएको थियो ।सहकारीका सचिव सुर्यमणी पाण्डेको सञ्चालनमा भएको साधारण सभामा युवराज भण्डारीको स्वागत, तथा प्रमुख अतिथि पुर्व अध्यक्ष तथा तिलोत्तमा उद्योग बाणिज्य संघका महासचिव समेत रहनुभएका सल्लाहकार राजकुमार पाण्डेय, शेयर सदस्यको तर्फबाट स्थानेश्वर बस्याल,सहकारीहरुको तर्फबाट नमस्ते लुम्बिनी बहुउदेश्यिय सहकारीका अध्यक्ष शंकर कुँवर, अनंदबन्न सहकारीका अध्यक्ष दिनानाथ ढकाल, कुल प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हाल सस्थाको शेयर पुजी करिव ३ करोड , निक्षेप संकलन् करिव २३ करोड, लगानी कर्जा करिव २५ करोड ७० लाख , जगेडा कोष १ करोड १० लाख, खुद नाफा ६३ लाख, र शेयर सदस्य संख्या जम्मा १ हजार ६ सय ७४ जना रहेका छन् । साधारण सभामा ७ प्रतिशत लाभांस बितरण गरेको संस्थाले अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा कर्मचारी नियमावली पारित गरेको सहकारीका ब्यबस्थापक अनिता बरालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्