लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली पाँच सयका नोटसहित कपिलवस्तुमा महिला पक्राउ

IMG

कपिलवस्तु, असार १ गते । कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमान्डमा खटिएको गस्ती टोलीले शिवराज नगरपालिका–२, हल्लानगर निवासी ४५ वर्षीय बबिता थापालाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले थापाको साथबाट एउटै नम्बर ९७४११००० भएका नेपाली पाँच सय रुपियाँ दरका १९ वटा नक्कली नोट बरामद गरेको थियो । नक्कली नोटसहित पक्राउ परेकी थापालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।


घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालतबाट मिति २०८३ जेठ ३१ गते सात दिनको म्याद थप गरिएको छ । नक्कली नोट कहाँबाट ल्याइयो र यसको प्रयोगको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्