लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

IMG

काठमाडौँ, जेठ २५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । 


महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा, हिमपातको सम्भावना छ ।  अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


भोलि मङ्गलबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।  पर्सी बुधबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ । भोलि र पर्सी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने तथा गर्मी बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्