लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गर्मी बढेसँगै तिनाउ नदीमा भिड

IMG

भैरहवा । तराई क्षेत्रमा बढ्दो अत्यधिक गर्मी र तातो हावाका कारण बुटवलआसपासका नदी तथा खोलामा शीतलता खोज्ने युवकयुवतीको भिड बढ्न थालेको छ । विशेष गरी तिनाउ नदी, चिडियाखोला, हेडबक्स, दोभान र झुम्सा क्षेत्र गर्मीबाट राहत लिने प्रमुख गन्तव्य बनेका छन् ।


जेठ लागेसँगै तापक्रम बढ्दै गएपछि विद्यालय, कलेज तथा कार्यालयको समय सकिएलगत्तै युवकयुवती समूह बनाएर नदी तथा खोलातर्फ जाने क्रम बढेको स्थानीयले बताएका छन् । सार्वजनिक बिदाका दिन तिनाउका विभिन्न घाट र खोँचमा मेला लागे जस्तै दृश्य देखिने गरेको छ । पाल्पाको माडी क्षेत्रबाट बग्दै आएको तिनाउ नदीको चिसो पानीले गर्मीले थलिएका बुटवलवासीलाई राहत दिने गरेको छ । सहरभरि ढलान र पिच सडकबाट निस्कने तातो वातावरणमा नदीको शीतल पानी युवापुस्ताका लागि प्राकृतिक विश्रामस्थल जस्तै बनेको छ ।


बुटवल कालिकापथका सुमित थापाले घरभित्र पङ्खा चलाउँदासमेत गर्मी सहन कठिन भएपछि साथीहरूसँग पौडी खेल्न तिनाउ नदीमा आएको बताउनुभयो ।  

कमेन्ट गर्नुहोस्