लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'थ्री इडियट्स'को सिक्वेलमा काम गर्दैछन् आमिर

IMG

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खानको नयाँ फिल्म चाँडै रिलिज हुने तयारीमा छ ।


यो फिल्म आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ । हालै आमिर खानले अमर उजाला डिजिटलसँग यस फिल्मबारे कुरा गरेका थिए । अन्तरर्वार्तामा आमिरलाई दादासाहेब फाल्केको जीवनीमा आधारित फिल्म बनिरहेको हो ? फिल्म कहाँ पुग्यो ? भनेर सोधिएको थियो । यसको जवाफमा उनले ३ इडियट्सको सिक्वेलको उल्लेख गरे । 


आमिर खानले भने, ‘दादासाहेब फाल्केको कथा धेरै प्रेरणादायी छ । राजकुमार हिरानी यसमा काम गरिरहेका थिए । राजुले फिल्मको तीन वटा ड्राफ्ट बनाए, तर उनी अझै पनि स्क्रिप्टसँग खुसी छैनन्, त्यसैले उनले यसलाई केही समयको लागि रोकेका छन् । सायद उनी पछि यसमा काम गर्नेछन् । उनी यतिबेला थ्री इडियट्सको दोस्रो भागमा काम गरिरहेका छन् । मैले कथा सुनेको छु । यो धेरै राम्रोसँग लेखिएको छ । हामी हाल त्यो स्क्रिप्टमा काम गरिरहेका छौँ ।’


सिक्वेलमा कहानी १० वर्ष पछिको भएको उनले बताए । ‘राजकुमार हिरानी र अभिजातले कथालाई धेरै राम्रोसँग कल्पना गरेका छन् । त्यसैले, एक पटकफेरि म फुङ्सुक  वाङ्डुको चरित्रमा प्रवेश गर्नुपर्नेछ,’ उनले भने ।


आमिर खानले 'थ्री इडियट्स'मा फुङ्सुख वाङ्डुको भूमिका निर्वाह गरेका थिए भने आर माधवनले फरहानको भूमिका निर्वाह गरेका थिए । शर्मन जोशी राजुको भूमिकामा थिए । फिल्ममा बोमन इरानी, करीना कपुर, मोना सिंह र जावेद जाफरी पनि थिए ।

कमेन्ट गर्नुहोस्