लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–१३ मा ५ दिने कृषक तालिम सम्पन्न, करिव ८ लाखको कृषि औजार र सामाग्री वितरण

IMG


रुपन्देही — तिलोत्तमा नगरपालिका वडा नम्बर–१३ मा वडास्तरीय कृषि समिति सञ्जालको आयोजनामा सञ्चालन गरिएको ५ दिने कृषक तालिम आज सम्पन्न भएको छ। तालिम समापनसँगै सहभागी कृषकहरूलाई कृषि सामग्री तथा औजारसमेत वितरण गरिएको छ।


मडाहा स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा “चैते धान उन्नत प्रविधि खेती” सम्बन्धी तालिम प्रदान गरिएको थियो। समापन अवसरमा सिँचाइ सामग्री सहितका कृषि सामग्री वडा अध्यक्ष नारायण ढकाल, सञ्जालका अध्यक्ष रतन भण्डारी तथा तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख एवं प्रशिक्षक दोमालाल भुसाल लगायतका जनप्रतिनिधिहरूले कृषकहरूलाई हस्तान्तरण गर्नुभएको थियो।


तालिममा वडाभित्रका ४५ जना कृषकहरूलाई  “चैते धान उन्नत प्रविधि खेती” सम्बन्धी तालिम प्रदान गरिएको थियो। कार्यक्रममा वडा सदस्यहरू लिलादेवी छन्तेल, सम्झना परियार, केशवराज भण्डारी, रामप्रसाद कँवर, टोल विकास सञ्जालका अध्यक्ष होमबहादुर छन्तेल, न्यायिक संयोजक लक्ष्मण भट्टराई, व्यवस्थापन समितिका संयोजक संजय रणपाललगायत ओमबहादुर राना, नन्दलाल थारु, सागर पाण्डे, प्रेमप्रसाद न्यौपाने, सन्तराम चौधरी, भुवानन्द पाण्डेलगायत टोल विकास तथा कृषक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै वडा अधय्क्ष नारायण ढकालले वडा बाट कृषिको लागि भनेर छुट्टै योजना बनाएर अघि बढीएको र आगामी दिनमा समेत कृषिको लागि केहि सहयोग गर्नु परे आफुलाई खबर गर्न आग्रह गर्दै त्यसका लागी कृषक समेत जागरुक हुन पर्ने बताउनुभएको थियो। कार्यक्रममा बोल्दै कृषि संजालका अध्यक्ष भण्डारीले कृषिका लागि आधुनिकीकरण र व्यावसायिकीकरण गर्न वडामा सके जति सबै जस्तो तालिम दीईएको र आगामी दिनमा समेत संजालले कृषकको माग अनुसारका तालिम प्रशिक्षण र सामग्री दिन आग्रसर रहेको बताउनुभएको छ।   


सो अवसरमा बोल्ने बक्ताहरुले कृषि प्रतिको स्थानिय तहको सहयोग र यस्ता तालिम र कार्यक्रमले किसानमा थप उर्जा मिल्ने बताएका थिए। तालिमबाट आधुनिक कृषि प्रविधिबारे ज्ञान हासिल गर्न पाएको र आवश्यक सामग्री तथा औजारसमेत प्राप्त गरेपछि कृषकहरू उत्साहित र खुशी देखिएका थिए।संजालले कृषि तालिममा सहभागीहरुलाई नगरपालिका बाट प्राप्त ५ लाख र वडाबाट प्राप्त २ लाख २९ हजार बराबरको कृषि औजार र सामाग्री सहित किसानलाई बितरण गरेको छ। जसमा स्प्रेयर मेसिन , हाते ट्रयाक्टर, मोटर पम्प, पानी सिंचाईपाईप, बाली सपार्ने कृषि पम्प, किटनाशक औषधि सहितको झोला, रिपर मेसिन लागायत बितरण गरेको छ।तालिममा तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख एवं प्रशिक्षक दोमालाल भुसालले प्रशिक्षणदिनुभएको थियो। 

कमेन्ट गर्नुहोस्