
रुपन्देही — सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिवसीय तालिम तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित श्री सरोकार महिला बचत तथा ऋण सहकारी संस्थामा सम्पन्न भएको छ।
तालिममा संस्थाका पदाधिकारी तथा सेयर सदस्य गरी करिब ३० जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागीहरूलाई वैदेशिक रोजगारीसँग सम्बन्धित वित्तीय व्यवस्थापन, बचत तथा लगानीका उपाय, साथै मनोसामाजिक समस्या पहिचान र समाधानका विषयमा जानकारी प्रदान गरिएको सामीकी शकुन्तला ढकालले बताउनुभएको थियो।
कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष अश्वीन पौडेल, कार्यपालिका सदस्य रबी सेन्चुरी, वडा सदस्य भुपाल सिंह छन्तेल लगायतको उपस्थिति रहेको थियो। उपस्थित जनप्रतिनिधिहरूले सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको महत्व औंल्याएका थिए।कार्यक्रमले स्थानीय समुदायमा वित्तीय अनुशासन कायम गर्न र मनोसामाजिक सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको सामी कार्यक्रम संयोजक अम्बिका बेलबासेले बताउनुभएको छ।
कमेन्ट गर्नुहोस्