
शिवचोक। सेवा, श्रद्धा र धार्मिक भावनालाई आत्मसात् गर्दै “महाभैरव भजन तिलोत्तमा” द्वारा आयोजित पावन भजन–कीर्तन कार्यक्रम आज सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका–०१ शिवचोकस्थित श्री नर्मदेश्वर मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।
चैत्र २३ गते सोमबार आयोजित कार्यक्रममा सहभागी श्रद्धालुहरूले समयमै उपस्थित भई भजन–कीर्तनलाई सभ्य तथा भव्य बनाउन महत्वपूर्ण योगदान दिएको मा संयोजक पुजन केसीले आयोजकका तर्फबाट धन्याबाद ज्ञापन गरेका छन्। आयोजक समितिले कार्यक्रममा उपस्थित स्थानियबासी सम्पूर्ण भक्तजनप्रति सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गरेको हो।
कार्यक्रमको संयोजन पुजन केसी, गणेश भुसाल र नविन न्यौपाने लगायतका समुहका सदस्यहरुले गर्नुभएको थियो। कार्यक्रममा भक्तिभावपूर्ण वातावरणमा भजन, कीर्तन तथा धार्मिक प्रवचनसमेत प्रस्तुत गरिएको थियो, जसले उपस्थित भक्तजनहरूलाई आध्यात्मिक आनन्द प्रदान गरेको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्