लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वरिष्ठ लोक गायक निर्मोहीको निधन

IMG

नेपालगन्ज। लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहनुभएका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही नेपालगन्जमा बसोवास गर्दै आउनुभएको थियो ।


परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । मिर्गौला रोगबाटै पीडित उहाँकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको बुधबार दिउँसो सिधनियाघाट राप्ती नदीमा अन्तिम दाहसंस्कार हुने परिवारले जनाएको छ । 

कमेन्ट गर्नुहोस्