
कुवरवर्ती । कुवरवर्ती माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समारोहमा हिसान, प्याब्सन, एन प्याब्सन लगायतका संघ संस्थाका प्रतिनिधी, बिद्यालयका ब्यबस्थापन समिति, विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश संयोजक प्याब्सनका लालहरी पाण्डेद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा विद्यालय प्रशासनले विगत वर्षहरूमा हासिल भएका शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराएको थियो।वार्षिकोत्सवको अवसरमा शैक्षिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो। एकै दिन एउटै कार्यक्रममा १५ सय जना स्टेजमा उतारी प्रस्तुति दिइएको बिद्यालयका प्रिन्सिपल दिपक खनालले बताए।
कार्यक्रममा बिशिस्ठ अतिथि तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गणगारम आचार्य, वडा अध्यक्ष वडा नम्बर ८ का कृष्ण पौडेल, उद्योग बाइज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, दिपक गौतम लगायतका वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजमा सकारात्मक योगदान पुर्याइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने शुभकामना सहित बिद्यालाको प्रगतिको कामना गरेका थिए।बिद्यालयले स्थापनाको ३४ बर्ष पछि सम्म बिद्यार्थीबाटै संचालित विद्यालयको परिकल्पनामा रुपान्तरण गर्दै आएको र यस क्षेत्रमा सबै सुबिधा सहितको बिद्यालय संचालन गर्ने गरेको बक्ताहरुको भनाई थियो।
बिद्यालयका शिक्षक युवराज रिजालको संचालनमा भएको कार्यक्रम आगन्तुकहरुलाई धन्यवाद ज्ञापनसहित औपचारिक रूपमा बिद्यलयका अध्यक्ष लक्ष्मण खनालले समापन गर्नुभएको थियो।हाल सो बिद्यालामा करिव १७ सय बिद्यार्थी र १ सय ५ जना शिक्षक रहेका छन्। यस क्षेत्रमा निजि स्तरबाट ग्रामिण भएमा संचालित पहिलो र उत्कृस्ट बिद्यालय हो। जस्ले शैक्षिक प्रगतिका साथ् नगरपालिकाले मात्रै नभएर जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने प्रतियोगितामा समेत खेलकुद , नृत्य तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृस्ट स्थान हासिल गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्