लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिटिल प्याराडाईजमा गायन, नृत्य तथा खाना महोत्सव

IMG

भलवारी। रूपन्देहीको तिलोत्तमा नगरपालिका ७ भलवारीमा रहेको लिटिल प्याराडाइज ईग्लिश मिडियम स्कुलले शुक्रबार एकैदिन गायन, नृत्य तथा खाना महोत्सव सम्पन्न गरेको छ । विद्यार्थीमाझ अन्तरनिहित क्षमताको प्रस्फुटन तथा अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्य सहित आयोजित कार्यक्रममा विद्दार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका सहप्राचार्य मोहन थारूले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले गीतसँगीतमा नृत्य तथा गायन कलामा आ आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितात्मक रूपमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतसंगीतमा नृत्यसँगै गायन कलामा समेत आफुलाई निखार्दै प्रथम, द्धिप्तिय र तृतीय स्थान हासिल गरेको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिनुभयो ।


यसैगरि कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले शुक्रबार नै खाना महोत्सव मार्फत पाककलामा समेत आफुलाई निखार्ने कोशिश गरेका छन । विद्यालय हाता भित्रै विद्यार्थीहरूले खानाका विभिन्न स्टल लगाएर विभिन्न परिकारहरू मार्फत आफुलाई पाककलामा समेत अब्बल बनाउने प्रयास गरेको सिनियर शैक्षिक संयोजक नवराज रेग्मीले जानकारी दिनुभयो । शिक्षक, अभिभावक तथा आफ्नै समकक्षी विद्यार्थीहरूलाई मिठा मिठा परिकार बनाई बिक्री वितरण गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितु बौडेलले जानकारी दिनुभयो । स्टलमा विद्यार्थीहरुले मम, समोसा, चटपटे, चिकन,पकौडा, विभिन्न समुदायका खाना खाजा, चाट, बटुक लगायतका पकवानहरु बनाई पस्केका थिए । जसमा कक्षा ९ ले प्रथम स्थान हासिल गर्यो भने कक्षा ७ रोजले द्धिप्तिय र कक्षा ६ रोजले तृतीय भई नगद पुरस्कार जितेका छन । 


शिक्षक अभिभावक संघका उपाध्यक्ष शान्ति बोहोरा, यस क्षेत्रका कुक तथा सेफ कृष्ण घिमिरे,प्रमुख लेखापाल सुष्मा हमाल, जुनियर शैक्षिक संयोजक संझना खरेल लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन शिक्षकद्धय आयुष गुरुगँ र संगम रोकाले गर्नुभएको थियो । विद्यालय हाताभित्र आयोजित कार्यक्रममा शिक्षक, कर्मचारी, पत्रकार तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।                                                        

कमेन्ट गर्नुहोस्