
तिलोत्तमा । तिलोत्तमा ५ मणिग्रामस्थित गीर्वाण माविमा आयोजना गरिएको रक्तदानमा ५१ पोइन्ट रगत संकलन भएको छ । तिलोत्तमा रक्तदाता समाज र लियो क्लव अफ तिलोत्तमा स्टार्सको संयुक्त आयोजना रहेको रक्तदानमा स्थानीय समाजसेवी, आम बुद्धिजिवी, बिद्यार्थी लगायतले स्वतस्फुर्त रुपमा रक्तदानमा भाग लिएका थिए ।
जेन जी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर राख्दै देशैभरि रगत अभाव नहोस भन्ने उद्धेश्यले रक्तादान कार्यक्रमको आयोजना गरिएको तिलोत्तमा रक्तादाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए । कार्यक्रमममा बोल्दै प्रमुख अतिथि तथा नेपाल रेडक्रस रुपन्देहीका जिल्ला मन्त्री टेक बहादुर थापाले, अहिलेको जटिल परिस्थितिमा आयोजना गरिएको रक्तदान कार्यक्रम बास्तव मै महत्वपुर्ण र पवित्र कर्म भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष अर्जुनराज उपाध्ययले रगतको अभावमा कसैको पनि ज्यान जाने अवस्था सिर्जना हुन नहुने बताउदै यस्ता सामाजिक कार्यमा सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।लियो क्लव अफ तिलोत्तमा स्टार्सका अध्यक्ष रमेश पराजुलीको सभापतित्व रहेको कार्यक्रममा विशिष्ट अतिथि गीर्वाण माविका प्रअ केदारचन्द पराजुली, तिलोत्तमा रक्तदाता समाजका वरिष्ठ उपाध्यक्ष अरुण पन्थि लगायतको सहभागिता रहेको थियो । रक्तदानमा गीर्वाण युवा रेडकब्रस सर्कल सदस्यहरुले सहयोग गरेका थिए ।
कमेन्ट गर्नुहोस्