
शंकरपुर् ।लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको आयोजनामा पेशागत महिला फोटोग्राफरहरुका लागि २ दिने फोटोग्राफी तालीम सम्पन्न भएकोछ । साउन ९ गते समुदघाट्न भएको तालीममा ३० जना प्रशिक्षार्थीहरुको उपस्थित रहेको थियोे। तिलोत्तमाको शंकरपुर स्थित होटल बन्धुमा संचालित तालिममा लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता रहेको थियो भने तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी प्रमुख अतिथि रहनु भएको थियोे । २ दिन सम्म निशुल्क रुपमा चलेको तालिममा प्रशिक्षकको रुपमा संघका लेखा समिति सदस्य प्रेम बहादुर अर्याल र कानुनी सल्लाहकार कमला पन्थले प्रशिक्षण दिनुभएको थियो।
फोटो स्टुडियो भएका र फोटो तथा भिडियो ग्राफी गरिरहेका पेशागत महिलाहरुलाई व्यवसायिक फोटोग्राफीमा अग्रसर बनाउन सो तालिमको आयोजना गरिएको लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका अध्यक्ष दिनेश अर्यालले बताऊनुभएको छ। फोटो क्लिक गरेर प्रमुख अतिथि उपप्रमुख चौधरीले उद्घाटन गर्नुभएको तालिमको अवसरमा बोल्दै उपप्रमुख चौधरीले फोटोग्राफी र भिडियो ग्राफी अहिलेको ठुलो आवश्यकताको रुपमा भएकाले यसबाट महिलाहरु आत्मनिर्भर हुन सहज रहेको र कमाइ पनि धेरै हुने हुँदा यस्तो पेशालाई व्यवसायिक रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो।
संघको बार्षिक कार्ययोजना मार्फत गरिएको तालिममा बिशिष्ठ अतिथि सस्थापक अध्यक्ष तथा सल्लाहकार निलकन्ठ भट्टराई, केन्द्रिय सदस्य तथा सल्लाहकार माधव प्रसाद पन्थ, श्रीनगर फिल्मसका अध्यक्ष , चलचित्र छायांकार तथा निर्देशक मनिष पन्थ, लगायतको उपस्थिति रहेको थियो।बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको संयोजक गीता पंगेनी रहनु भएको थियो भने कार्यक्रमको सन्चालन लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका महासचिब त्रिभुवन पाण्डेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्