
तिलोत्तमा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिको आयोजनामा युवा भेला तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। शुक्रबार वाईसिएल तिलोत्तमा नगर समितिले तिलोत्तमा-११ कालिकास्थानमा कार्यक्रमको आयोजना गरेको हो । तिलोत्तमा नगरसमितिको तेस्रो नगर अधिवेशनका अवसरमा आयोजित खुल्ला रक्तदानमा ३१ पोईन्ट रगत संकलन हुनुका साथै ७० भन्दा बढी वाईसिएल युवा कार्यकर्ताहरूको सहभागिता रहेको तिलोत्तमा अध्यक्ष सागर न्यौपानेले जानकारी दिए । केंद्रीय सदस्य रामु परियारको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेता बलिराम सहनी, बेल प्रसाद शर्मा लगायतका नेताले शुभकामना मन्तब्य एवं वाईसिएल सचिव विक्रम खातीले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
भोली चैत्र ९ गते हुने नेकपा (माओवादी केन्द्र) तिलोत्तमा तेस्रो नगर अधिबेशनको तयारी तिब्र रुपले अघि बढेको छ । अधिबेशनलाई भब्य र सभ्य रुपमा अघि बढाउन नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिले आवश्यक तयारीलाई तिब्रता बनाएको हो ।अधिबेशनमा नगर भर बाट छ सय संगै जना १ सय ५० जना प्रतिनिधि आउनेछन् ।१३-१४ हजार मतदाता र १५ सय भन्दा बढी पार्टी सदस्य भएको नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिमा नगर अधिबेशन प्रत्येक वडाबाट प्रतिनिधिको रुपमा आउनेछन् र त्यही प्रतीनिधीले नगर सदस्य चुन्ने छन । र नगर सदस्यहरुबाट अध्यक्ष, उपाध्यक्ष महिला सहित ३ जना, सचिब ,सहसचिब र कोषाध्यक्ष पदाघिकारी सहित ५५ जनाको नगर समिती बन्ने प्रचार प्रसार समितिका संयोजक अनिल चापागाईं (संस्कार) ले बताएका छन्। अहिले को तेस्रो अधिबेशन एकता भाब सहिको अधिबेशनको रुपामा सर्बसम्मत चयन गर्ने गरी हुने नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिले प्रयास थालेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्