लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पारिवारिक टेलिसिरियल‘मनको बाँध’ को प्रसारण सुरु

IMG

बुटवल, मंसीर २८। पछिल्लो समय टेलिसिरियलहरुले पनि राम्रो छाप र दर्शक बटुल्न सफल भएका छन्। धेरै जसो पारिवारिक टेलिसिरियल घरमै परिवार बसेर हेर्दा अझै आनन्द आउछ। सोही अवस्थालाई मध्येनजर गर्दै पारिवारिक कथामा आधारित टेलि सिरियल ‘मनको बाँध’ को प्रसारण सुरु भएको छ। निर्माण टिमले बिहीबार पहिलो भाग सार्वजनिक गर्दै सुरु गरेका हुन्।दिवस खड्काको कथा रहेको सिरियलको पटकथा लेखन तथा निर्देशन प्रदीप खड्गीले गरेका छन्।निर्देशक खड्गीले यसअघि नेपाली ऐतिहासिक कथावस्तुमा आधारित ‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’, ‘अपीच्य’, बहुभाषामा ‘हिम आँधी’लगायत फिल्मको निर्देशन गरिसकेका छन्।


उनका अनुसार सिरियल प्रत्येक बिहीबार बेलुका ७ बजे फोकस पिक्चर्स युट्युब च्यानलमार्फत सुरु हुनेछ। सिरियलमा पात्रअनुसारमन भित्रको भावना र समसामयिक परिवेशलाई समेट्दै लैजाने योजना टिमको छ।सिरियलमा श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, तृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जनलगायत कलाकारको अभिनय छ।


फोकस पिक्चर्सले निर्माण गरेको सिरियलको निर्माता सन्नी शाही हुन् भने कार्यकारी निर्मातामा आशिष शाही छन्।सिरियलको ट्युिनङ गीतमा रन्त शोभा महर्जन र सन्नी शाहीको स्वर दिएका छन्। गीतको शब्दमा निर्देशक खड्कीसहित सन्नी र सुशील राजुपाध्यायले लेखेका हुन्। निर्देशक खड्कीले नै संगीत भरेका छन्।अमन महर्जन र राज महर्जनले छायांकन गरेका सिरियल आभास महर्जनको सम्पादनमा बनेको छ।




कमेन्ट गर्नुहोस्