लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

IMG

तिलोत्तमा,मङ्सिर २४ गते २०८१।सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको सातौं साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।गत बिहिबार बर्ष २०२३/०२४ का अध्यक्ष मनोज आर्चाले बर्ष २०२४/२५ का अध्यक्ष डा. अमित केसी र निवर्तमान कोषाध्यक्ष रोमनाथ गैरेले बर्तमान कोषाध्यक्ष निरन्जन धिताललाई पदास्थापन गराउनु भएको हो ।


पदस्थापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विभिन्न क्लवहरुले गरेका सामाजिक गतिविधिका कारण तिलोत्तमा नगरको गरिमा बढेको र क्लवहरुसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।क्वलहरुको उद्देश्य सोसियल, फ्रेण्डशिप, डाइभर्सिटि, डिग्निटी र लिडर्शिपका माध्यमबाट समाजसेवा गर्नु रहेको र राजनीति कर्मी र जनप्रतिनिधिको उद्देश्य पनि समाजसेवा गर्नुरहेकाले समाजको विकासमा क्लवहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहांले तिलोत्तमा नगरलाई आशा, सम्भावना र अवसरका शहरकारुपमा विकास गर्ने लक्ष रहेकाले यसकालागि पनि क्लवहरुको साथ सहयोग र सक्रियता अवशयक पर्ने बताउनुभयो ।


कार्यक्रममा निवर्तमान अध्यक्ष मनोज आचार्यले एक बर्षको कार्यकालमा क्लवका सदस्यहरुबाट आर्थिक संकलन गरी तिलोत्तमा नगर क्षेत्रमा रहेका १७ वटा सामुदायिक विद्यालय र सरस्वती पञ्चायतन मन्दिर बैद्धिक आश्रमका बटुकसहित ५ हजार बढि विद्यार्थीहरुलाई खाद्यान्न, स्टेशनरी, जुत्ता, न्यानो कपडालगायतका शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो । उहांले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लवका संस्थापक अध्यक्ष दिपेश शाही, पूर्व अध्यक्षहरु सूरज पँगेनी, प्रमोद थापा, दिपक भण्डारी र अमनमान श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै कार्यसमितिका पदाधिकारी र सस्यहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।


क्लवका केन्द्रीय सचिव शिव काफ्लेले सामाजिक क्षेत्रमा सेवामुलक कार्यगर्नेमा किवानिज क्लव रुपन्देही देशभरमै पहिलो क्लव रहेको भन्दै अव केन्द्रको नेतृत्व लिन र अन्तर्राष्ट्रिय फण्ड ल्याउन पहल गर्न आग्रह गर्नुभयो ।क्वलका निर्वाचित अध्यक्ष डा. अमित केसीले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै तिलोत्तमाका ४३ वटा सामुदायिक विद्यालयका सबै विद्यार्थीहरुको निशुल्क आँखा परीक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो ।सो अवसरमा क्लवका लुम्बिनी प्रदेश इलेक्ट लेफ्टिनेण्ट गभर्नर अमनमान श्रेष्ठले क्लवका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई क्लवको उद्देश्य सहित सपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा क्वलका पूर्व अध्यक्ष प्रमोद थापा, क्लवका प्रथम उपाध्यक्ष गोबिन्द भुसाल, उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेलगायतले बोल्दै रुपन्देही र गुल्मीका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्