
तिलोत्तमा,२०८१ असोज २३ गते।बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु. १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा अन्यन्त्रित भई पल्टिएको हो ।दुर्घटना परी जीपमा सवार सबै १५ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका असई कृष्ण सुनारले जानकारी दिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । ११ जनाको अवस्था मध्यम र ३ जना सामान्य घाइते भएको सुनारले बताए ।बाग्लुङको बरेङडाँडा गाउँपालिका- ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइतेहरूलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्