लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका गौरवले एसियन करांतेमा पाए सिल्भर पदक

IMG

तिलोत्तमा, साउन १४ गते २०८१। भुटानको थिम्पुमा सम्पन्न ८ औ एसियन करांते च्याम्पियनशिप २०२४ को करांते खेलमा तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का गौरव पौडेलले सिल्भर पदक प्राप्त गरेका छन्। नेपाली राष्ट्रिय टिमको तर्फबाट १६-१७ बर्ष उमेर समुहको ५० केजीको खेलमा गौरवले सो पदक प्राप्त गरेका हुन्। 


भुटान करांते महासंघको आयोजनामा भएको सो खेल असार २९ गतेदेखि शुरु भै साउन ५ गते सकिएको थियो। गौरवले कुमिते ईभेण्टमा शिल्भर पदक प्राप्त गरेका थिए। सो पदक संगै नेपालले कुल ३१ गोल्ड , २० शिल्भर  र ११ ब्राउञ्ज गरि जम्मा ६१ मेडल प्राप्त गरेको जापान गोजुरियो करांते डो मिसन संघका संस्थापक अध्यक्ष तथा मुख्य प्रशिक्षक काजी बहादुर रानाले बताए।  सो च्याम्पियन शिप संगै एसियन मुलुकका रेफ्रीहरुको सेमिनार समेत सम्पन्न भएको थियो। 


होराइजन जिबिएसमा कक्षा १२ बिज्ञान संकायका छात्र रहेका गौरव पौड्याललाई होराइजन जिबिएस् स्कुल ड्राइभरले सम्मान कार्यक्रमको आयोजना समेत गरेको थियो। खेलकुद क्षेत्रबाट राष्ट्रको शीर उचो राख्न महत्वपुर्ण योगदान गरी संस्थाको श्रीबृद्धिमा उनले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै होराइजन जिबिएस् क प्राचार्य गोपाल आचार्यले बहुआयामिक व्यक्तित्व बिकासको निम्ति शुभकामना व्यक्त गरेका थिए।


कमेन्ट गर्नुहोस्