लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार जना बिरामी

tillotmacitynews - 2024 Jun 23 06:07 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार ९ / / पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा  एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्। वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार च्याउ खाँदा स्थानीय ५५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो। 


सँगै च्याउको तरकारी खाएका एकै परिवारका चार जनाको स्वास्थ्य अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। अध्यक्ष चेपाङका अनुसार मृतक दलबहादुरका श्रीमती जालीमाया, छोरी रेन्जु, सविना र छोरा सुशील हुनुहुन्छ। बिरामीको उपचारका लागि  भरतपुरस्थित सरकारी अस्पताल पठाइएको हो।

कमेन्ट गर्नुहोस्