लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै प्रहरीको नियन्त्रणमा

tillotmacitynews - 2024 May 21 07:36 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


मंगलबार साँझ कान्तिपुरको कार्यालय थापाथली पुगेर अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।  पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताउनुभएको छ। 


सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।  अध्यक्ष सिरोहियालाई पक्राउ गरेको दृश्य कान्तिपुरले प्रत्यक्ष प्रसारण गरेको छ। मिडियाको कार्यालयमै प्रहरी प्रवेश गरेर अध्यक्षलाई पक्राउ गरेको भन्दै मिडिया संम्वद्ध व्यक्तिको समेत त्यहाँ बाक्लो उपस्थिति थियो। 

कमेन्ट गर्नुहोस्