लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुक्तानी नगर्दा काटियो इन्टरनेट

tillotmacitynews - 2024 May 02 09:00 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २०  गते । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।


इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण  देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ ।  वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो ।  इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ । यसैबिच नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् । 

कमेन्ट गर्नुहोस्