लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इलाम २ मा एमाले र काँग्रेसविच नै मुख्य प्रतिस्पर्धा

tillotmacitynews - 2024 Apr 28 10:30 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । इलाम निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) र नेपाली काग्रेसविचमा प्रतिष्पर्धा हुने देखिएको छ । आइतबार दिउँसोबाट सुरु भएको मतगणना जारी रहँदा ठूला दुई दलविचमा मुख्य प्रतिस्पर्धा हुने संकेत गरेको हो । इलामको फाकफोकथुम गाउँपालिका १ बाट मत गणना सुरु गरिएको छ । 


फाकफोकथुमको मत गणना सक्दा एमालेका सुहाङको अग्रता कायम छ ।   चुलाचुली, माङसेबुङ गाउँपालिका हुँदै माई नगरपालिकाका ३ वटा वडाको तथा देउमाई नगरपालिका र अन्तिममा इलाम नगरपालिकाको मत गणना हुने मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिनुभयो । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा (एमाले) इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो ।  


एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडका १ सय १४ मतले मात्र पराजित हुनु भएको थियो । 


उच्च सुरक्षाबिच इलामको गौतमबुद्ध सभाहलमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । मतगणना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएका छन् । मतगणना स्थलमा तार जालीसहित सीसीटिभी जडान गरिएको छ । 


मतगणना स्थलमा मतपरिणाम सार्वजनिक गर्ने कार्यलाई ब्यवस्थित गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । मतगणनास्थलमा सञ्चारकर्मीका लागि डेक्स स्थापना गरिएकोछ । मंगलबार बिहान सम्ममा सबै परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । 


शनिबार सम्पन्न उपनिर्वाचनमा एक लाख १५ हजार आठसय ८९ जना मतदाता मध्ये ६९ हजार दुईसय ८७ (५९ दशमलब ७९ प्रतिशत) मतदाताले मतदान गर्नुभएको छ । 


संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादी डकेन्द्रसिंह थेगिमसहित स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनुभएको छ । 

कमेन्ट गर्नुहोस्