लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चार हजार ४६२ प्राथमिक तहको शिक्षक माग

tillotmacitynews - 2024 Apr 27 01:21 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १५ गते । प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । शनिवार सूचना माग गर्दै आयोगले विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।


खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मदेशमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।


सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३, कोसीमा एक हजार ७७, गण्डकीमा आठ सय, मदेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://tsc.gov.np/# बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्