लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली सेनाले माग्यो २५ सय कर्मचारी

tillotmacitynews - 2024 Apr 21 12:27 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो । 


नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ । दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ । आवेदन सम्बन्धी जानकारी https://www.nepalarmy.mil.np/ हेर्न सकिन्छ ।  

कमेन्ट गर्नुहोस्