
तिलोत्तमा सिटी,२०८० चैत्र २७ गते । सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।
दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको सिंहदरबार सुरक्षा गणका एकजना अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने सुरक्षा गणका ती अधिकृतले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्