
तिलोत्तमा,२०८० चैत्र १४ गते।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भयेक्को जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।
कमेन्ट गर्नुहोस्