लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा

tillotmacitynews - 2024 Feb 07 04:13 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार क्षेत्रीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको खुलेपछि पक्राउ गरिएको हो । 


भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उहाँलाई पाँच लाख रुपियाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।  क्षेत्रीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मु्दा दायर भएको अख्तियारले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्