लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झारखण्डमा सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोपमा मुख्यमन्त्री पक्राउ

tillotmacitynews - 2024 Feb 01 04:04 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । झारखण्डका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन्। भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो। सरकारी जग्गा व्यक्तिको नाउँमा पुर्‍याउन  भूमाफियालाई साथ दिएको आरोपमा उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।


पक्राउ पर्नुअघि बुधबार नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन्। एनडिटिभीका अनुसार इडीका अधिकारीहरूले दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख र बिएमडब्लुकार बरामद गरेको छ। उनको घरबाट विभिन्न दस्तावेजहरूसमेत बरामद भएपछि उनलाई पक्राउ गरिएको एनडिटिभीले जनाएको छ। पक्राउपछि उनलाई ७ घन्टा सोधपुछ गरेको थियो। यस प्रकरणमा ६ सय करोड घोटाला भएको त्यसमा १४ जना यसअघि नै पक्राउ परिसकेका छन्।

कमेन्ट गर्नुहोस्