लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुष्पा २ को सेटबाट अल्लु अर्जुनको अनौठो लुक बाहिरिएपछि...

tillotmacitynews - 2024 Jan 30 06:53 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १६ गते ।  दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन यतिबेला पुष्पा–२ः द रुलको सुटिङमा व्यस्त छन् । यस वर्षको बहुप्रतिक्षित फिल्ममा अल्लुको यो फिल्म शीर्ष स्थानमा पर्छ । अहिले फिल्मको सुटिङ जोडतोडका साथ चलिरहेको छ ।  यसैबिच फिल्मको सुटिङ सेटबाट केही तस्बिर अनलाइनमा लिक भएका थिए । यो तस्बिरहरूमा एक्समा भाइरल भएका छन् । फोटोमा अल्लु ‘गंगम्मा थल्ली’को अवतारमा देखिएका छन् । यसअघि मेकरहरुले पुष्पा २ को पोस्टरमा अर्जुनको यही लुक शेयर गरेका थिए । भाइरल तस्बिरमा अर्जुनले साडी लगाएका छन् ।


फर्स्ट लुक पोस्टरमा पनि अल्लु महिलाको पहिरनमा देखिएका थिए ।  यो तस्बिर हेरेर धेरैले अल्लुले तिरुपति प्रचलित अनुष्ठान ‘गंगम्मा तल्ली जथारा’ मा भाग लिन लागेको अनुमान गरेका थिए । तिरुपतिमा बर्सेनि एक हप्तासम्म ‘गंगम्मा तल्ली जथारा’ मा मनाइन्छ । यो अनुष्ठानको अन्तिम दिनमा पुरुषहरू महिला जस्तै गरी तयार भएर गंगम्माको रूपमा देखिन्छन् ।


सुकुमारको निर्देशनमा बन्न लागेको पुष्पा २ यही वर्ष अगस्ट १५ मा रिलिज गरिने भव्य तयारी भइरहेको छ । यो फिल्ममा अल्लु, फहद फासिल र रश्मीका मन्दनाको मुख्य भूमिका रहेको छ । फिल्म ५०० करोड भारु बजेटमा बनाउन लागिएको छ । यो प्यान इन्डिया फिल्म हुनेछ । फिल्म तमिल, तेलुगु र हिन्दी बाहेक अन्य भाषामा पनि रिलिज गरिनेछ ।

कमेन्ट गर्नुहोस्