
तिलोत्तमा,२०८० माघ ७ गते । राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागको आयोजनामा पालिका स्तरिय पंजीकरण तथा सामाजिक सुरक्षा र (MIS) सम्बन्धी १ दिने अभिमुखीकरण तथा प्रशिक्षण तालिम काठमाडौँ बबरमहल स्थित कार्की ब्याङ्केटमा सम्पन्न भएको छ। विभागका महानिर्देशक युवराज कटेलको अध्यक्षतामा भएको तालिममा प्रशिक्षणका लागि निर्देशक (सामाजिक सुरक्षा शाखा) बिबेक घिमिरे, छबिलाल न्यौपाने,सन्जिब पौडेल, उजावल विस्ट, राष्ट्रिय प्रशिक्षक तथा एमआइएस प्रमुख निर्मल शर्मा लगायतको सहभागिता थियो l
सो अवसरमा बोल्दै महानिर्देशक युवराज कटेलले सामाीजक सुरक्षा एबम व्यक्तिगत घटना दर्ता प्रणाली लाई सुव्यवस्थित एबम् प्रभावकारी बनाउने साथै कर्मचारी हरुको क्षमत अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाह लाई जनमुखी र जनउत्तरदायी बनाउने उदेश्यले सो तालीम आयोजना गरिएको बताउनुभएको छल नेपाल सरकारको चुहावट हुने १२ अर्व रुपैया यो सिस्टम लागु भएपछी बचत भएको बताउदै कटेलले बिभाग अन्तरगत कार्यरत सबैलैई ढुक्कसंग कानुनमा रहेर काम गर्न सुझाव दिनुभयो। सो प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षक निर्मल शर्माले ईएफटी मार्फत सामाजिक सुरक्षा भत्ता बितरनाई चुस्त दुरुस्त बनाउन यस्तो तालिमले थप प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।
सो अवसरमा बोल्दै निर्देशक (सामाजिक सुरक्षा शाखा) बिबेक घिमिरेले कानुनी मापदण्डमा रही सेवक भएर कार्य गर्न एम आइ एस कर्मचारीहरुमा निर्देशन गर्नुभयो। सो अवसरमा पालिकाका जिज्ञासा समस्या र समाधानका बिषयमा सहजीकरण समेत गरिएको थियो।तालिम देशभरका पालिकाहरुको क्रमैसंग हुने राष्ट्रिय प्रशिक्षक तथा एमआइएस प्रमुख निर्मल शर्माले बताउनुभयो।
कमेन्ट गर्नुहोस्