लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

tillotmacitynews - 2024 Jan 08 05:21 PM
IMG

तिलोत्तमा सिटी , २०८० पुष २३ गते ।  राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । झपेन्द्रको प्रस्तावक गिरिधारी लाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेका छन् भने केसीको नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेका छन् । उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय सभा पूर्वसदस्य कोमल वलीलगायतका एमालेका नेताहरू पनि निर्वाचन कार्यालयमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्