लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

tillotmacitynews - 2023 Nov 24 12:05 PM
IMG

तिलोत्तमा सिटी, ८  मंसिर २०८०। प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । 


पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

कमेन्ट गर्नुहोस्