लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्यानडालीलाई भारतले रोक्यो भिसा

tillotmacitynews - 2023 Sep 23 05:38 PM
IMG

तिलोत्तमा सिटी, असोज ६ गते ।  क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध एकपछि अर्को गरी तनावग्रस्त बन्दै गएको छ । त्यसै क्रममा भारतले क्यानडाली नागरिकलाई भिसा दिन नै बन्द गरेको छ ।यसअघि एकअर्को मुलुकका कूटनीतिज्ञलाई देश निकाला गर्नेदेखि दुवै देशले आफ्ना नागरिकका लागि जारी ट्राभल एडवाइजरीलाई अपडेट गरेर संवेदनशील बनाएकामा अन्ततः भिसामा समेत रोक लगाउने स्थिति आएको हो । भारतको विदेश मन्त्रालयले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा सम्पूर्ण क्यानडाली नागरिक लागि भिसा प्रक्रिया सस्पेन्ड गरिएको जानकारी दिएको छ ।


भारतीय विदेश मन्त्रालयको प्रवक्ता अरविन्द्र वाग्चीले पत्रकार सम्मेलनका क्रममा क्यानडाली नागरिकका लागि सिधा भिसा प्रक्रिया मात्रै नभइ ई–भिसा र तेस्रो मुलुकबाट आउने क्यानडालीका लागि पनि भिसा दिन बन्द गरिएको जानकारी दिएका छन् ।


कमेन्ट गर्नुहोस्