लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीमा विवाद वार्ताबाट सुल्झाइने

tillotmacitynews - 2023 Sep 04 12:50 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र १८  गते । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी देशसँगको सीमा विवाद कूटनीतिक संवादको माध्यमबाट सुल्झाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । चीन सरकारले जारी गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको नक्साभित्र लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नसमेटेको सम्बन्धी विवादलाई सरकारले कसरी समाधान गर्छ ? भन्ने प्रश्नमा मन्त्री साउदले वार्ता र कूटनीतिक संवादको माध्यमबाट विवाद समाधान गरिने बताउनुभयो । 


“परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालको नक्सालाई छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरिसकेको छ,” उहाँले भन्नुभयो, “सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवं प्रशासनिक नक्साप्रति नेपाल स्पष्ट र दृढ छ ।”देशको सीमा मामिलालाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्ने कुरामा वर्तमान सरकार लागिरहेको उहाँले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्