लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘केजिएफ २’ लाई पछि छोड्दै सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बन्यो ‘गदर २’

tillotmacitynews - 2023 Aug 28 01:42 PM
IMG

तिलोत्तमा सिटी , भदौ ११  गते । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले शनिबार नयाँ रेकर्ड राखेको छ।हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको १६ दिनमा ४३९ करोड ९५ लाख भारू कमाएको छ। योसँगै 'गदर २' सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ। शनिबार १३ करोड ७५ लाख भारू कमाउँदै 'गदर २' ले दक्षिण भारतीय अभिनेता यशको फिल्म 'केजिएफ २' को रेकर्ड तोडेको हो। 'केजिएफ २' को हिन्दी संस्करणले ४३४ करोड ७० लाख कमाएको थियो। 'गदर २' भन्दाअघि दुई फिल्म 'पठान' र 'बाहुबली २' रहेका छन्। 'पठान' ले ५४३ करोड कमाएको थियो भने 'बाहुबली २' हिन्दी संस्करणले ५१० करोड कमाएको थियो। 


अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।


कमेन्ट गर्नुहोस्