लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना हुँदै

tillotmacitynews - 2023 Aug 27 02:39 PM
IMG

तिलोत्तमा सिटी । भदौ १० गते । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना गरिने भएको छ ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित आगामी मङ्सिरमा साताव्यापी फिल्म महोत्सव आयोजना गर्न लागिएको शनिबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 


पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले चलचित्र, लघु चलचित्रलगायतका छायाङ्कन थाहा नगर भौगोलिक र प्राकृतिक रूपमा उपयुक्त स्थल भएकाले फिल्म निर्माता र निर्देशकलाई आकर्षित गर्न फिल्म महोत्सव आयोजना गर्न लागेको स्पष्ट पार्नुभयो । मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने महोत्सवमा कम्तीमा २५ देखि ३० वटा सिनेमा निर्माण र प्रदर्शनी गरिने आयोजकले बताएका छन् । महोत्सवका लागि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको बताइएको छ ।


कमेन्ट गर्नुहोस्