लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको शान प्रदिपले गरे संयुक्त राष्ट्र संघमा आफ्नो प्रस्तुति

IMG

साउन ३२ गते २०८०,तिलोत्तमा। अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा AFS अन्तरसांस्कृतिक कार्यक्रममा तिलोत्तमाका युवा प्रदिप गिरीले आफ्नो प्रस्तुति राखेका छन्।अन्तर्राष्ट्रिय युवा दिवसमा  युवा सम्मेलनको २८  ओेेँ  सत्रको अवसरमा भएको सो कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिको रूपमा सहभागी भै  गिरीले आफ्नो प्रस्तुती राख्नुभएको थियो। परिवर्तनका वाहक युवाहरूले नै विश्वव्यापी रूपमा हरेक क्षेत्रको परिवर्तन ल्याउन सक्छन् भन्ने उद्धेश्यले राखिएको सो कार्यक्रममा विश्वभरिका ७ सय बढी युवाहरूको सहभागिता थियो।


गिरिको उपस्थितिले पक्कै अन्तराष्ट्रिय स्तरमा नेपालका युवाहरुको लागि नयाँ दिशा निर्देश गर्न सक्ने युवा प्रदिप गिरिले बताएका छन्।रूपन्देहीको तिलोत्तमा-५ मणिग्राम स्थित न्यू इन्भाइरन्मण्ट मा.वि. बाट कक्षा १२ सम्मको अध्ययन पूरा गरी काठमाडौका कलेजबाट उच्च शिक्षा हासिल गरेका प्रदिप गिरीसो कार्यक्रम पश्चात विभिन्न युवा सम्मेलनमा समेत भाग लिई नेपाल फिर्ता हुनेछन। 


कमेन्ट गर्नुहोस्