लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल जेसीजको ठुलो सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। नेपाल जेसीजको क्षेत्र ‘घ’ को सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने भएको छ । नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा यही भदौ ८ र ९ गते सम्मेलन हुने भएको हाे ।दुई दिनसम्म चल्ने सम्मेलनले तिलोत्तमाको पहिचानलाई अझ माथी उठाउने नेपाल जेसीज तिलोत्तमा शाखाका पुर्व अध्यक्ष तथा कार्यक्रम सह निर्देशक यादव भट्टराईले बताए । ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा उद्घाटन सत्रमा मात्र १ हजार ५ सय जनाको सहभागिता हुने क्लवका महासचिव महेश शर्मा पाैडेलले बताए ।


सम्मेलनमा ‘घ’ क्षेत्र अन्तर्गतका ५७ वटा क्लवका प्रतिनिधीहरुका साथै देशका अन्य शहरबाट पनि जेसीजको प्रतिनिधत्व हुने छ ।सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधसभा सदस्य प्रदीप पौडेल,  नेकपा एमालेका नेता प्रतिनिधसभा सदस्य योगेश भट्टराई,स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधसभा सदस्य उमेश झाको सहभागिता हुने छ । सम्मेलनमा सहभागि हुनेहरुका लागि प्रति व्यक्ति ६ हजार रजिष्टेशन शुल्क राखिएको छ ।


नेपाल जेसीज तिलोत्तमा शाखाका अध्यक्ष प्रकाश गौतमले सम्मेलन तिलोत्तमाको पहिचान अझ माथी उठ्नका साथै यस क्षेत्रको आर्थिक चलायमान पनि बढ्ने बताए । साथै सम्मेलनमा सहभागि बीच बक्तृत्वकला प्रतियोगिता, तालिम समेत हुने बिनाेद सुवेदीले बताए ।सम्मेलनको भदौ ८ गते विहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्