
तिलोत्तमा सिटी । साउन २५ गते । आज सामुदायिक वन दिवस, देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपण सहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो । सामुदायिक वन उपभोक्ता महासंघले आज देशैभरि वृक्षरोपण लगायतका कार्यक्रमहरुको आयोजना गरेको महासंघ अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
दिवश कै अवसरमा आज रुपन्देही सहितका जिल्लाहरुमा रहेका समुदायायिक वनमा वृक्षरोपण लगायतका जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएका छन् । महासंघका अनुसार देशभर २२ हजार ४४५ वटा सामुदायिक वन रहेका छन । २९ लाख घरधुरीका एक करोड ४० लाख उपभोक्ताले देशभर २२ लाख हेक्टर वन व्यवस्थापन गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक स्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कमेन्ट गर्नुहोस्