लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललिता निवास प्रकरण - भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

IMG

२७ असार , काठमाडौं । भूमि सुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।


भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।


यसमा कर्मचारी, भूमाफिया र ब्यापारीको संलग्नता खुलेको थियो । मन्त्रिपरिषद्‍बाट भएका निर्णयको अपव्याख्या गरी मालपोत र भूमि विभागका कर्मचारीले सरकारी कागजात किर्ते गरेर नक्कली फाइल तयार पारेको पनि खुलेको छ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।


यो प्रकरणमा भूमाफिया र कर्मचारीले मात्रै २२ रोपनी जग्गा राणा परिवारबाट घूस लिएका थिए ।

कमेन्ट गर्नुहोस्