लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करेन्ट लागेर तिलोत्तमा १० कान्छीबजार निवासी श्रेष्ठको निधन

tillotmacitynews - 2023 Jul 02 10:17 AM
IMG

प्रकाश पाण्डे  । असार १७ गते ।  करेन्ट लागेर रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा एकजनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय मंगलापुरकाअनुसार मृत्यु हुनेमा तिलोत्तमा १० कान्छीबजार निवासी बर्ष ४० का महेश श्रेष्ठ रहेका छन् । आइतबार बिहान  ८ बजे आफ्नै घरको बिद्युत मर्मत गर्न बिजुलीको पोलमा चढेका श्रेष्ठ करेन्टको झड्का लागि गम्भीर घाइते भएका थिए ।   गम्भीर घाइते भै बेहोस अवस्थामा उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल ल्याइएकोमा उपचारका क्रममा बिहान ९ बजे निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाउने तैयारी भैरहेको प्रहरीले जनाएको छ । 


कमेन्ट गर्नुहोस्