
तिलोत्तमा, जेष्ठ २७ गते। तिलोत्तमा नगरपालिकाको आयॉजनमा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तथा कौशी खेति सम्बन्धी ७ दिने तालिम शुरु भएको छ।नगर स्तरिय टोल बिकास संस्था संजालका पदाधिकारीहरुलाई जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तथा कौशी खेति सम्बन्धी ७ दिने तालिम आजदेखि तिलोत्तमा-१५ मधवलियामा शुरु भएको हो। तालिममा सहजीकरण गर्दै बरिष्ठ कृषि अधिकृत तथा कृषि बिज्ञ दयानिधी पोख्रेलले कौशी खेतीले आत्मनिर्भरतामा नगरलाई अगाडी बढाउने कुरा ब्यक्त गर्नुभयो।
नगर स्तरिय टोल बिकास संस्था संजालका उपध्यक्ष टोपलाल खनालको अध्यक्षता तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा ३० जना सहभागी रहेका छन्। कार्यक्रममा वडा नम्बर-१५ का अध्यक्ष खेमराज गुरुङ, वडा सदस्य क्षितिजा पौडेल लगायत टोल बिकास संस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो। तालिमको समुद्घाटन कार्यक्रमको संचालन तिलोत्तमा नगरपालिकाकि सामाजिक बिकास शाखा बरिष्ठ परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो। पछिल्लो समय ख्याति कमाएर घर घरमै आत्मनिर्भर हुने र कृषि उब्जनी हरु बिक्रीका लागि समेत उत्पादन गरेका कौशी खेतीका उत्पादनले समाजमा रुपान्तरण ल्याएको प्रमुख अतिथि तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभएको थियो। सो तालिम ७ दिन सम्म चल्नेछ।
कमेन्ट गर्नुहोस्