लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमबी इट्टा उद्योगभित्र १३ बर्षीय बालक मृत फेला, परिवार न्याय माग्दै,प्रहरी ३ दिनदेखि अनुसन्धानमा

IMG

तिलोत्तमा, जेष्ठ २६ गते।  रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित वडा नम्बर-१० मा रहेको एमबी इट्टा उद्योगमा बुधबार बिहानै एक बालक मृत फेला परे। उद्योग भित्रै मृत भेटिएका तिलोत्तमा-१० का १३ बर्षीय बाबुराम परियारको त्यो अवस्था देखेपछि स्थानियको सहयोगमा प्रहरीले सो बालकको शव लुम्बिनी प्रादेशिक अस्पताल पुर्यायो। तर परिवार भने आफ्नो छोराको रहस्यमय मृत्यु भएको भन्दै आफुले न्याय पाउनेमा प्रहरीले सहयोग गर्नुपर्ने तर सो मुद्धा दर्ता नै गर्न नमानेको बताएका छन्। परिवारका अनुसार काम गरेर खाने बर्गलाइ उद्योगले दासी बनाएको र बाल श्रमिकको रुपमा काम अगाडी बढाएको आरोप छ। 


स्थानीयका अनुसार इट्टा उद्योगले भट्टीमा बालबालिका लाई समेत श्रमिकको रुपमा प्रयोग गरेको आशंका गरेका छन्। स्थानियका अनुसार पटक पटक सो बारेमा निक्रिस्ट बाल श्रम नगराउन आग्रह गर्दा समेत वास्ता नगरेको बताएका छन्। घटना बारे प्रतिक्रिया लिन एम बी इट्टा उद्योगका जगत कार्कीलाइ सम्पर्क गर्दा सम्पर्क हुन सकेन।  त्यसो त इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी लिंदा घटना अनुसन्धानमै रहेको र परिवारले सहमति नगरेको जनाएको छ। प्रहरीले सो ठाउमा उद्योग भित्र रहेको एक ट्याक्टर चालक र सवारीलाई घटनाबारे बुझ्न नियन्त्रणमा लिएको छ। घटनाको सत्य तथ्य बाहिर आउनु पर्छ र आफुले न्याय पाउनुपर्छ भन्दै बालककी आमा माकुरी दर्जीले दु:खेसो पोखिन। सो घटनाबारे अहिले इलाका प्रहरी कार्यालय मंगलापुरमा बार्ता भैरहेको हाम्रा सम्बाददाताले बताएका छन्।  


कमेन्ट गर्नुहोस्