लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ मा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

IMG

जेठ २१, २०८० तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ मा लैंगिक समानता र सामाजिक समावेशीकरण विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा-६ का जनप्रतिनिधिका साथै उक्त वडाका ४० बढी महिला, बाल संजाल , युवा क्लब, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका , दलित तथा मजदुर एबम शिक्षकहरुको सहभागिता रहेको थियो ।


सो अभिमुखीकरणमा समानताका कुराहरु, लैंगिक भूमिका, लैंगिक उत्तरदायी बजेट, समावेशीकरणका तत्व र चरणहरु तथा लैंगिक समानता र समावेशीकरणमा स्थानीय समुदाय र सबै वर्ग, लिङ्ग, बर्णको आधारमा गरिने भेदभाव अन्त्यका लागि खेल्न सकिने भूमिकाबारे छलफल गरिएको थियो ।


सहभागीहरुले सबै मिली लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा प्रभावकारी भूमिका सुनिश्चित गर्न सक्ने कुरा बताउदै कुनै पनि भेदभावको बिरुद्ध समाज एक हुनुपर्ने बताएका थिए।  वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरणमा बोल्दै उहाँले  लैङ्गिक समावेशीकरणको अवधारणा,समाजमा समानताको आधारमा हुने पहुँच, समताको अभियान र राष्ट्रमा युवा तथा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक स्थितिलाई उत्थान गर्न थप योजनाको लागि मार्ग प्रदान गरेको बताउनुभयो । सबैको सहयोग र सद्भावले समाजको बिकासको दिशा समृद्धि तर्फा जाने भन्दै अध्यक्ष पाठकले समृद्ध समाज निर्माणमा भूमिका खेल्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभएको थियो।


सो बिषयमा प्रशिक्षकको भूमिकामा अन्तरास्ट्रिय तालिम प्रशिक्षक ऋषि न्यौपाने, साहसी कदम नेपालका अध्यक्ष आनीक राना मगरले सहजीकरण गर्नुभएको थियो। वडा सदस्य पूर्ण प्रसाद (संजय ) आचार्यको स्वागत तथा वडा सचिव कृष्ण बहादुर क्षेत्रीको संचालनमा भएको वडा अध्यक्ष गणेश पाठकसंगै, कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्य गीता गन्धर्व, सिता खनाल, लुम्बिनी फ्रीडम मिडिया तिलोत्तमा सिटी न्युजकि व्यवस्थापक मेरिन पाण्डे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन लुम्बिनी फ्रीडम मिडिया तिलोत्तमा सिटी न्युजले गरेको थियो। 




कमेन्ट गर्नुहोस्