लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संचारिका रुपन्देहीको महिला पत्रकारहरुका लागि खोजमुलक समाचार लेखन तालिम शुरु

IMG

तिलोत्तमा, वैशाख २८ गते ।तिलोत्तमा नगरपालिकाको प्राबिधिक सहयोगमा संचारिका समूह रुपन्देहीको आयोजनामा महिला पत्रकारहरुका लागि खोजमुलक समाचार लेखन तालिम शुभारम्भ गरिएको छ। संचारिका समुहको सक्रियतामा रुपन्देही लगायत लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रम हुदै आएको छ। महिला पत्रकारहरुको लेखन शैली र खोज पत्रकारितालाई स्त्तारोंनती गर्न सो तालिम गराइएको संचारिका समूह रुपन्देहीकी अध्यक्ष निरु गौतमले बताउनुभयो।  अध्यक्ष गौतमको सभापतित्वमा शरू सो तालिममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका रुपान्देहिकी नगर उपप्रमुख जागेश्वर देवी चौधरीले पछिल्लो समय खोज मुलक पत्रकारिता धरापमा परेको र तथ्य बिहिन तथा सामाजिक संजालमा आएका अपुश्ठ  समाचारहरुले प्रशय पाएकोमा दुख ब्यक्त गर्नुभयो। सो कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख चौधरीले आगामी दिनमा महिलालाई ससक्त बनाउदै खोज अनुसन्धान र तथ्यमा आधारित रही पत्रकारिता गर्न यो तालिमले सहज बनाउनेमा बिश्वास व्यक्त गर्नुभयो। 


कार्यक्रममा तालिमको पूर्ण सफलताको कामना गर्दै संचारिका समुहकी लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने लगायतले बोल्दै तालिम प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका थिए। बिहीबार शुरु भएर फिचर तथा रिर्पोर्ट र समाचार लेखन सम्बन्धी ४ दिनको प्राक्टिकल हुने सो तालिम कार्यक्रमको संचालन अस्मिना पाण्डेले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्