लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रमको आयोजना

tillotmacitynews - 2023 May 01 04:17 PM
IMG

तिलोत्तमा सिटी । बैशाख १८ गते । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुटवलमा पनि बिबिध कार्यक्रमको आयोजना गरिएको छ  । यसै अवसरमा  जिफण्ट रुपन्देहीले पुरानो बसपार्कस्थित मजदुर भवनमा “हाम्रो अधिकार खोसिदै छ” मूल नारासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको अध्यक्ष केशव गौतमले जानकारी दिनुभएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका  प्रमुख अतिथि समेत रहेका बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीले, श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै जिवनयापन सहज बनाउने गरि काम गर्नुपर्ने बताउनुभयो ।  तालिमेलाई तलबको व्यवस्था गर, १० प्रतिशत सेवा शुल्क कायम गर, सम्पूर्ण क्षेत्रमा सामाजिक सुरक्षा सुदृढ गर र जिउन पुग्ने ज्यालाको व्यवस्था गर लगायतका श्रमिकका विभिन्न बिषयमा बक्ताहरुले मन्तब्य दिएका थिए ।




कार्यक्रममा जिफण्ट लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष हुमाकान्त काफ्ले, बैंक बित्तिय सहकारी कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष जमूना गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्दि«य उपाध्यक्ष ठाकुर गैरे, बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर गोमा आचार्यलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । जिफण्ट रुपन्देही जिल्ला कमिटि अध्यक्ष केशव गौतमको अध्यक्षता, बाप्सु केन्द्रिय कमिटी सदस्य थानेश्वर बश्यालको स्वागत र जिफण्ट जिल्ला कमिटी सचिव घनश्याम गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 




कमेन्ट गर्नुहोस्