लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारको अर्को जनपक्षीय निर्णयः अब सवारी लाइसेन्स १० बर्षमा नवीकरण, नम्बर प्लेट नेपाली भाषामा

tillotmacitynews - 2023 Apr 25 09:37 PM
IMG

तिलोत्तमा,२०८० बैशाख १२। सरकारले सवारी चालक अनुमति पत्रको अवधि १० वर्ष बनाउन लागेको छ । हरेक पाँच पाँच वर्षमा नवीकरण गर्दा झन्झटिलो हुने भन्दै सरकारले १० वर्षपछि नवीकरण गर्ने व्यवस्था गर्न लागेको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्सको अवधि १० बर्ष बनाउन लागेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए ।


स्मार्ट लाइसेन्स पाँचपाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने कानुनी व्यवस्था गर्न लागेको बताउँदै मन्त्री ज्वालाले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए । उनले नयाँ व्यवस्थाले स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएको बताए ।त्यसैगरी सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा नेपाली पनि प्रयोग गर्न पाउने गरी तयारी भइरहेको मन्त्री ज्वालाले जानकारी दिए । उनले मन्त्रिपरिषदबाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।


प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि नेपालमा उत्पादित ‘यात्री’ मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले संसदमा जानकारी दिए ।


कमेन्ट गर्नुहोस्