
तिलोत्तमा,२०८० बैशाख ३। संयुक्त भूपू सैनिक संघ तिलोत्तमा-२ को आयोजनामा तिलोत्तमा नगरपालिकाले सार्बजनिक गरेको सामाजिक अभियानका बारेमा बृहत र्याली आयोजना गरिएको छ। तिलोत्तमा-२ स्थित शान्ति कुञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शुरु भएको सो र्यालीमा नगरपालिकाका वडा नम्बर-२ का प्रतिनिधिमुलक सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो।
संयुक्त भूपू सैनिक संघ तिलोत्तमा-२ का अध्यक्ष डोर बहादुर खड्काको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाले घोषणा गरेको अभियान तथा निर्देशनका बारेमा जनचेतना र्याली गरिएको थियो। सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले वडाबासिले दिएको साझा अभियानको साथ् प्रति धन्यबाद ज्ञापन गरेका थिए। सबैको स्वास्थ्यका हितका बारेमा नगरपालिका चनाखो रहेको भन्दै स्वस्थ जीवनयापन गर्न स-सानो गल्ति सुधारी बाताबरणमैत्री नगरको परिकल्पनामा समाहित हुन सबै नगर बासिमा आग्रह गर्दै नगरप्रमुख खाणले नगरपालिकाको अभियानमा दिएको साझा एक्यबद्धता प्रति हार्दिक धन्यबाद व्यक्त गरेका थिए। सो अवसरमा बोल्दै नगरपालिका तिलोत्तमा-२ का अध्यक्ष डिल बहादुर भट्टराईले वडाको समग्र बिकासमा सबै वडाबासीले नगरपालिकाको साझा अभियानलाई साथ् दिनुपर्ने बताए। उनले समाजको असल अभ्यासमा सबैको साथ् रहनुपर्ने भन्दै र्यालीमा सहभागी सबैलाई धन्यबाद दिएका थिए।
कार्यक्रमको पुर्बसंध्यामा बोल्दै तिलोत्तमा वडा नम्बर-२ का सचिव अनिता शर्मा ज्ञवालीले घटनादर्ता जस्तो नागरिकको नैसर्गिक अधिकारको लागि समयमै घटनादर्ता गरि आफ्नो अधिकार प्राप्तिका लागि सजग हुनुपर्ने बताईन। समयमै घटना दर्ता गर्नाले पछिआउने झन्झटबाट मुक्त भइने भन्दै सचिव ज्ञवालीले सबै वडाबासिमा घटना दर्तासंगै नगरपालिकाको सबै अभियानमा सहभागी हुन आग्रह गर्नुपर्ने बताईन।कार्यक्रममा संयुक्त भूपू सैनिक संघ तिलोत्तमा-२ का अध्यक्ष डोर बहादुर खड्का, भूपू सैनिक तथा जागृति टोल बिकासका अध्यक्ष नर बहादुर कार्की, सरसफाई समिति तिलोत्तमा २ का अध्यक्ष इन्द्र मणि अर्याल, जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी लगायतले बोल्दै वडाको समग्र बिकासका लागि सबै नागरिक एकबद्ध हुनुपर्ने र समाजका नकारात्मक कुरा हटाइ सकारात्मक बिकासका लागि पहल गर्नुपर्ने बिषयमा अगाडी बढ्नुपर्ने बताएका थिए।
नगरमा हर्न निषेध,पशु दर्ता प्रणाली, गुट्खा जन्य पदार्थ बेचबिखनमा रोक,फोहोरको बर्गिकरण,बाताबरणमैत्री स्थानिय शासन निर्माण अभियान, व्यक्तिगत घटना दर्ता सप्ताह लागयतका अभियानमा रहेर प्ले-कार्ड र ब्यानर सहित सो वडाका सबै भूपू सैनिक, वडाका जनप्रतिनिधीहरू,टोल बिकास समिति, आमा समूह, युवा क्लब, बाल समूह, बुद्धिजीवि सरोकारवाला पत्रकारहरुको उपस्थिति रहेको थियो। र्याली औपचारिक कार्यक्रमपछि शान्तिकुञ्ज चोक हुँदै जानकीनगर गेट, सिताराइस मिल चोक,शंकरनगर चोक हुँदै वडा कार्यालयसम्म गएर कोणसभामा परिणत भएको थियो।
कमेन्ट गर्नुहोस्